logo

मंगलबार एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद सूरक्षित गर्ने अन्तिम दिन

    1490   पटक पढिएको

६ असार / अर्थ र व्यापार - एभरेष्ट बैंकले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद सूरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले असार ७ गते हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने निर्णय गरेकाले मंगलबारसम्म सेयर किनेका लगानीकर्ता मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन ।

 एभरेष्टले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद असार १८ गतेदेखि साउन २२ गतेसम्म एनआइबीएल क्यापिटल मार्केट्स मार्फत जारी गर्देछ । 

बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाघनेछन् ।

बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ । केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पनि पारित गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।