logo

पूर्वाधार विकास बैंकलाई खराव कर्जामा राहत, कर्मचारीलाई नाफाबाट बोनस बाँड्न सर्त राखियो

    1428   पटक पढिएको

१९ कात्तिक / अर्थ र व्यापार  

 नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैकलाई नीतिगत संशोधनमार्फत बम्पर उपहार दिएको छ । नोक्शानी ब्यवस्थापन ब्यवस्थामा संशोध नगरेर बम्पर उपहार दिइएको हो । साँवाको किस्ताले भाखा नाघेमा सम्पूर्ण बक्यौता कर्जा रकमलाई नै किस्ता रकमको भाखा नघेको अवधिको आधारमा वर्गीरकरण गर्नु पर्ने पुरानो ब्यवस्था थियो । यसलाई संशोधन गरेर किस्ता रकमलाई मात्र खराव वर्गमा वर्गीकरण गरी किस्ताको शत् प्रतिशत कर्जा नोक्शानी ब्यवस्था कायम गर्न भनिएको छ ।

पूर्वाधार विकास बैकका लागि निर्देशन जारी गर्दै राष्ट्र बैंकले अल्पकालिन तथा चालु पूँजी प्रकृतिका कर्जा सम्बन्धमा पनि नयाँ ब्यवस्था गरेको छ ।पूर्वाधार विकास बैंकले आफ्ना ग्राहकहरुका लागि लगानी गर्ने परियोजनाहरुको सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालिन तथा चालु पूँजी प्रकृतिका कर्जामा तीन वटा सर्त तोकेको छ ।

पहिलो सर्त, परियोजनाको अनुमानित लागत शुरुमै विश्लेष गरी आवधिक कर्जा र चालु पूँजी प्रकृतिका कर्जाको आवश्यकता र सीमा यकिन भएको हुनु पर्छ । दोस्रो सर्त,  निर्धा्रित सीमाको हदसम्म मात्र यस्तो चालु पूँजी प्रकृतिका कर्जा प्रवाह गर्न सकिनेछ। अन्ति सर्तका रुपमा, आफूले लगानी गेको परियोजनाहरुको लागि आवश्यक पर्ने मालसामान, उपकरण आदि प्रतितपत्रमार्फत आयात गर्न परियोजना कर्जाको सस्वीकृत सीमाभित्र रही अल्पकालिन प्रकृतिका कर्जाहरु प्रवाह गर्न सकिने राखिएको छ ।

निक्षेप संकलन सम्बन्धि ब्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि संस्था स्थापना भएको एक बर्षमसम्म संस्थापक शेयरधनी नभएको बाणिज्य बैंकमा निक्षेप राख्न पाउने ब्यवस्था थियो । अब स्थापनाको ठाउँमा सञ्चालनमा आएको भन्ने ब्यवस्था गरिएको छ । साथै एक बर्षको ठाउँमा २ बर्षसम्म निक्षेप राख्न पाइने छ । यसरी राखिएको निक्षेपबाट भएको आम्दानी कर्मचारीलाई बोनसका रुपमा बाँड्न नपाइने ब्यवस्था गरिएको छ। पूर्वाधार बैंकले पूँजी रकम निक्षेपमा राखेर नाफा कमाइरहेको र त्यसबाट बोनस खाएको आरोप लाग्दै आएको थियो। त्यसलाई रोक्न राष्ट्र बैंकले नयाँ ब्यवस्था गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।