logo

५० प्रतिशत हकप्रदपछि एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन

    1359   पटक पढिएको

२१ भदौ / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको ५० प्रतिशत हकप्रदपछि मूल्य समायोजन भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रदलाई समायोजन गर्दा ४७१ रुपैयाँ मूल्य निर्धारण भएकोे छ । यसअनुसार बुधबार बैंकको सेयर कारोबार ४७१ रुपैयाँमा खुल्नेछ । बैंकको १८० दिनको सेयर मूल्यलाई आधार मान्दा आधारमूल्य ४८९ रुपैयाँ कायम भएको छ । 

एक्सेल डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डबाट ५० प्रतिशत बराबरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद निष्कासनको लागि अनुमति पाईसकेको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा भदौ १९ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एक्सेलको दुई बराबर एक कित्ता अनुपातमा हकप्रद निष्काशनपछि ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले १५ करोड २६ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।