logo

सहारा विकास बैंकद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन

    744   पटक पढिएको

२ फागुन /अर्थ र व्यापार - सहारा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा ८५ लाख ८७ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको नाफा २९ लाख रुपैयाँले बढेको हो । यस अवधिमा सहराले ७ करोड २९ लाखबाट १६ करोड ३३ लाख रुपैयाँमा चुक्ता पूँजी बढाएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ७ रुपैयाँ ५ पैसा रहेको छ । यस्तै बैंकको जगेडा कोषमा ४ करोड ७० लाख सञ्चित छ ।

पुस मुसान्तसम्ममा बैंकले ६८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले २७ करोड ३४ लाखले निक्षेप र १९ करोड ७४ लाख रुपैयाँ बढीले कर्जा लगानी विस्तार गरेको हो । सहाराको खराब कर्जा अनुपात २.६१ बाट घटेर १.३६ प्रतिशतमा सीमित भएको छ ।

बैंकको खुद ब्याज आम्दानी एक करोड ६५ लाख ९८ हजार रुपैयाँबाट एक करोड ५६ लाख ५८ हजारमा घटेका छ । अन्य सञ्चालन आम्दानी बढाउँदा बैंकले गत पु्समा रहेको ८५ लाखको सञ्चालन नाफा एक करोड १५ लाख ४३ हजार रुपैयाँँ पुगेकोे हो । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रणमा राख्दा बैंकको नाफा बढेको छ । देवः विकास बैंकसँग प्राप्ती (विलय) प्रक्रियामा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।