logo

एनएमबी बैंकले १ अर्ब ५१ करोडको नाफा कमाए

    1179   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – गत आव २०७३/७४ मा एनएमबी बैंकको नाफा ३५.५४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ११ करोड रहेको थियो ।  बैंकको खुद व्याज आम्दानी २७ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३६ करोड रुपैयाँ, अन्य सञ्चालनबाट २८ करोड र विदेशी मुद्राको कारोबारबाट बैंकले २० करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान बापत राखेको २२ करोड ३५ लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि केही रकम घटाएर १८ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.६६ प्रतिशत रहेको छ भने प्रावधान १ सय ३४ प्रतिशत गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड पुगेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल पनि घटेको छ । यो दर १६.३९ प्रतिशत छ । प्रतिसेयर आम्दानी २७.६९ प्रतिशत रहेको छ । बैंकको सञ्चिती ४ अर्ब २६ करोड रहेको छ ।

बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउँदा लगभग २५.६१ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ । बैंकको निक्षेप संकलन १३ प्रतिशतले बढेर ७३ अर्ब र कर्जा लगानी १५.४६ प्रतिशतले बढेर ६१ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७४.९० प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.१२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.८५ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६६ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १२ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ३ करोड, ओभर ड्राफ्ट शीर्षकमा १७ अर्ब लगानी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।