logo

नेपाल बैंक बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश

    1104   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बंैक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो । बंैकले नेपालमा भारतीय रुपैयाँको चलन चल्तीलाई विस्थापन गरी नेपाली रुपैयाँको चलनचल्ती बढाउनुको साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बंैकिङ सुविधा उपयोग गर्ने संस्कृति विकास गरेको थियो । “देशको औद्योगिकीकरण, ब्यापार व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बंैकको रूपमा यस बंैकले निर्वाह गरेको भूमिका सर्वत्र प्रशंसनीय छ,” बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले खुला रक्तदान तथा मधुमेह परीक्षण तथा जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा १ सय ६ जनाले रक्तदान गरे । यसैगरी बैंकद्वारा लायन्स क्लब अफ बिहानी पुतलीसडकसँगको सहकार्यमा आयोजित खुला मधुमेह परीक्षण कार्यक्रममा १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । 
गत आर्थिक वर्ष (०७३÷७४) का वित्तीय परिसूचकहरूले बैंकको सफलताको उत्साहजनक नतिजाहरू देखाएको जनाएको छ । यी परिसूचकहरूवाट बैंकका सेयरधनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला सबैमा सकारात्मक ऊर्जा प्राप्त भएको छ । बैंकले आर्थिक वर्ष ०७३÷७४ मा ३ अर्ब २२ करोड खुद मुनाफा आर्जन गरेको छ । चालू आवको प्रथम त्रैमासमा करिब ९७ करोडको हाराहारीमा खुद मुनाफा छ । 
नेपाल सरकार र सर्वसाधारणको निजी सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकले ८० वर्ष पछि पुनः गौरवको अनुभूति गरेको जनाएको छ । सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर हिस्सा रहेको यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड पुगेको छ । बैंकमा १२ लाख ग्राहकहरूले नियमित सेवा लिइरहेका छन् । ती निक्षेपकर्ता हरूबाट २०७४ असोज मसान्तसम्म झण्डै ९३ अर्ब निक्षेप संकलित छ भने ७४ अर्बको हाराहारीमा कर्जा प्रवाह भएको छ । बंैकले निक्षेप, कर्जा सापटी, लगानी, बिल्स, प्रतितपत्र, जमानत, सुन–चाँदी (सामाजिक) कर्जा वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालिन सेवा, अतिरिक्त बंैकिङ सेवा, लकर सेवा घर दैलोमा बैंकिङ सेवा पेन्सन भुक्तनी, सामाजिक सुरक्षा भत्ता वितरण, टेलिकम बिल भुक्तानी सेवा अन्तर शाखा कारोबार, रेमिट्यान्स 

सेवालगायत विभिन्न आधुनिक बंैकिङ सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौं जुद्ध सडकबाट बैंकिङ कारोबार सुरु गरेको यस बैंकले देशभरका सहर, व्यापारिक केन्द्रहरू तथा दुर्गम क्षेत्रका बजारहरूमा समेत आफ्ना शाखाहरू खोली हाल १ सय ३३ शाखा मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।