logo

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोष २४ अर्ब माथि

    1864   पटक पढिएको

३ मंसिर / अर्थ र व्यापार - सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषको आकार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २४ अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिकोे तुलनामा संस्थानको जीवन बीमा कोष ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँले बढेको हो।

गत वर्षको यस अपधिमा इन्स्योरेन्सको जीवन बीमा कोषमा १६ अर्ब २१ करोड ३९ लाख रुपैयाँ संचित थियो । चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ७२ लाख रुपैयाँ संचित छ।

संस्थानले यस अवधिमा ४ अर्ब ९ करोड ९० लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३ अर्ब ३० करोड ४२ लाख रुपैयाँले बढी हो। गत वर्षको यस अवधिमा संस्थानले ७८ करोड ५९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ ।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि एक करोड ७४ लाख ८० हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा २९५.८३ प्रतिशत अर्थात एक करोड ३० लाख ६४ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा संस्थानले ४४ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस्तै लगानी कर्जा तथा अन्य आयबाट ४५ करोड २७ लाख रुपैयाँ, बीमा लेख धितोबाट २ करोड ४९ लाख रुपैयाँ र अन्य प्रत्यक्ष आय वापत ४५ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ।

संस्थानमा हाल ६ लाख ८६ हजार २२६ बीमा कायम छ भने यस अवधिमा ४ हजार ७३ दाबीको भुक्तानी गरेको छ । निर्जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत भएपनि जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा संस्थान भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन। पहिले एकै कम्पनी भएपनि राष्ट्रिय बीमा कम्पनी केही समय अघि संस्थानबाट छुट्टिएको थियो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।