logo

आज हिमालयन पावर पार्टनरको आईपीओ भर्ने अन्तिम दिन 

    2370   पटक पढिएको

५ असार / अर्थ र व्यापार - गैरआवासीय नेपालीले बनाएको २७ मेगावाट क्षमताको हिमालयन पावर पार्टनर कम्पनीले असार १ गते बिहीबारदेखि सर्वसाधरणका लागि खुला गरेको साधारण सेयर (आईपीओ) सोमबारदेखि बन्द हुँदैछ । लगानीकर्ताले सोमबार कार्यालय समयसम्म ७५ जिल्लाभरी रहेका बैंक तथा वित्तिय संस्थाहरुबाट आस्बा प्रणालीको साथै तोकिएको संकलन केन्द्रबाट पुरानै तरिकाको फारम मार्फत समेत आवेदन गर्न सक्नेछन् ।

हिमालयन पावरले एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको २१ लाख ३० हजार ८३४ कित्ता आईपीओ निश्काशन गरेको हो । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि बढीमा दश हजार कित्तासम्मका लागि आवेदन दिन पाईनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीको साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटल जमल, हिमालयन पावर पार्टनर लिमिटेडको कार्यालय पानीपोखरी, ग्लोबल आईएमई बैंकका विभिन्न शाखा कार्यालयहरु लगायत आश्वा सेवा अनुमति प्राप्त ५२ वटा बैंक तथा वित्तीय संस्थाका ७५ जिल्लामा रहेका दुई हजार तीन सय आठ शाखा कार्यालय मार्फत आवेदन गर्न पाइनेछ ।

सेयर आबेदन दिँदा सेयर राख्ने हितग्राही खाता नम्बर र बैंक खाता नम्बर आबश्यक पर्नेछ । यसअघि लमजुङका स्थानीय बासिन्दालाई १० लाख ६५ हजार ४१७ कित्ता (१० प्रतिशत) आइपीओ जारी गरेको कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर बिक्री गरेको हो । २१ लाख ३० हजार ८३४ कित्ता सेयरमध्ये कम्पनीले ४२ हजार ६१७ कित्ता सेयर कम्पनीका कर्मचारी र एक लाख छ हजार ५ सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याई सकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।