४ भदौ / अर्थ र व्यापार – राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कुबेर मर्चेन्टमा नया लगानीकर्ता भित्रिएका छन् । सञ्चालक तथा वयवस्थापकहरुबाट ऋणको चरम दूरुपयोग गरेर संस्थालाई धरासायी बनाएपछि राष्ट्र बैकले २०६९ पुस २३ गते कुवेरलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
कुबेरले आइतबार ११औ बार्षिक साधारणसभा गर्दै नयाँ सञ्चालक भित्र्याएको हो। साधारणसभाले कुबेरको नाम परिवर्तन गर्ने प्रस्तावसमेत पारित गरेको छ । नयाँ नाम सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड हुने प्रमुख कार्यकारी अधिकृत गोपाल घिमिरेले जानकारी दिए । साधारणसभाबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सन्दिप शर्मा नयाँ सञ्चालकका रुपमा भित्रिएका हुन् ।
संस्थालाई ३ देखि ४ वर्षभित्रमा नाफाको अवस्थामा पुर्याइने छ । साधारणसभापछि बसेको सञ्चालक समितिको वैठकले टण्डनलाई अध्यक्ष चयन गरेको छ ।
तपाईको प्रतिक्रिया