logo

साउन २० गतेदेखि कामना र सेवाको एकिकृत कारोबार

    1161   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार – कामना विकास बैंक र सेवा विकास बैंकले एकापसमा मर्ज भएर साउन २० गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका छन । कामना सेवा विकास बैंकको नामबाट कारोबार शुभारम्भ भएको हो । एकिकृत कारोबार पछि बैंकको चुक्ता पूँजी रु. २ अर्व ६ करोड पुगेको छ यसैगरि निक्षेप रु. १२ अर्व ६० करोड, कर्जा रु. ११ अर्व ५१ करोड, शाखा संजाल ४० एटिएम संख्या १६ र ग्राहक संख्या १ लाख ७१ हजार, कर्मचारी संख्या ३ सय ३१ जना रहेको छ ।

बैंकले आगामी २ वर्ष भित्र देश भर शाखा कार्यालय विस्तार गर्ने र तत्कालै काठमाडौं, ज्ञानेश्वर स्थित आफ्नै भवनबाट अत्याधुनिक सुविधा सहितको बैकिङ्ग सेवा समेत प्रदान गर्ने गरी केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने भएको छ । राष्ट्र बैंकको मर्जर नीतिको कारण गत आसार २० गते सम्म १ सय ५५ बटा संस्था मर्ज भएर ४३ वटामा सिमित भएको छ । सो क्रममा १ सय १२ वटा संस्था विलय भएको छ ।

एकिकृत कारोबार शुभारम्भ समारोहमा बैंकले आफनो सामाजिक उत्तरदायित्व अन्र्तगतका विभिन्न कार्यक्रमहरुको फेरिहस्त प्रस्तुत गरेको थियो । बैंकले विभिन्न क्षेत्रमा ७ लाख ७५ हजार बराबरको सहयोग गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।