logo

एक्सेल डेभलपमेन्ट बैंकद्वारा निष्कासित नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1167   पटक पढिएको

२६ फागुन /अर्थ र व्यापार  - एक्सेल डेभलपमेन्ट बैंकको १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन २७ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार आइतबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बुकक्लोजको अघिल्लको कारोबार दिसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने भएकाले एक्सेलको लाभांश प्राप्त गर्न फागुन २६ गते आइतबारसम्म शेयरधनी कायम भैसक्नुपर्छ । बैंकको शेयरमूल्य फागुन २३ गते बिहीबार प्रतिकित्ता २९० रुपैयाँमा कारोबार भएको छ ।  बैंकले चैत ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे आह्वान गरेको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत अर्थात ११ करोड ७७ लाख ५४ हजार ५७५ रुपैयाँ ७५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

भदौ ३१ गते सम्पन्न बैंक सञ्चालक समितिको २१३ औं बैंठकले आर्थिक वर्ष २०७४र७५ सम्मको वितरण योग्य सञ्चित रकमबाट १७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।