logo

बैंकमा दुई हप्तामै ३९ अर्ब रुपैयाँको निक्षेप थपियो

    1682   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – वाणिज्य बैंकहरुमा दुई सातायता निक्षेपमा असाधारण बृद्दि देखिएको छ । लामो समयदेखि निक्षेप नबढेर समस्यामा परेका बैंकहरुमा आर्थिक बर्ष सकिन लाग्दा निक्षेपमा उत्साहजनक बृद्धि देखिएको छ ।

दुई हप्तामा ३९ अर्ब निक्षेप बढेको छ । अब सञ्चालनमा रहेका २८ बाणिज्य बैंकमा २० खर्ब १८ अर्ब निक्षेप पुगेको छ । दुई हप्तायता केही बाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनी गाभिएका कारण उनीहरुको निक्षेप बाणिज्य बेंकको खातामा गणना भएको हो ।

अर्कोतर्फ सामान्य रुपमा विकास खर्च बढेको छ । बैंकहरुले दुई सातायता ऋण लगानी पनि १६ अर्बले बढाएका छन् । तर एक हप्तालाई मात्र हेर्दा कर्जा एक अर्बले मात्र बढेको हो । बाणिज्य बैंकहरुसँग अब कुल कर्जा लगानी १६ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

बैंकहरुमा तरलता बढेपछि राष्ट्र बैंकले बुधबार १० अर्बको निक्षेप किन्ने प्रस्ताव गरेको थियो । यसमध्ये ७ अर्ब निक्षेप बैंकहरुले बेचेका थिए । बिहीबार फेरि २० अर्बको निक्षेप किन्ने प्रस्ताव गरेको छ । अहिले बैंकिङ प्रणालीमा ८६ अर्ब रुपैयाँ अधिक तरलता छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।