logo

तीन बर्षसम्म बचत खातामा कारोबार नभए खाता निष्कृय गर्नुपर्ने व्यवस्था जारी

    1308   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार  - नेपाल राष्ट्र बैंकले बैंकमा रहेका खाता वालाहरुलाई थप कडाइ गर्ने भएको छ । बैंकमा खाता खोलेर सञ्चालन नगर्ने र खाता निष्कृय भएका खाताहरुमा थप कडाइ गर्ने भएको हो । राष्ट्र बैंकले वित्तीय स्रोत संकलन सम्बन्धि ब्यवस्थामा संशोधन गर्दै तीन बर्षसम्म बचत खातामा कारोबार नभए त्यस्ता खाताहरुलाई निष्कृय गर्नुपर्ने व्यवस्था गरेको विहिबार जारि गरेको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंंकले कल र चल्ति खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई समेत निष्कृय गर्ने व्यवस्था गरेको छ । यदि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्था बमोजिम निष्कृय गरिएका खाताहरुको हकमा यसै व्यवस्था बमोजिम अध्यावधिको गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । निष्कृय भएको खाता अद्ययावधिक गराउन चाहेमा भने ग्राहकले बैकमा एउटा निवेदन दिए मात्र पुग्नेछ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।