logo

६ महिनामा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न राष्ट्रिय वाणिज्य बैंक सफल

    1357   पटक पढिएको

१० माघ /अर्थ र व्यापार - सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आज ५४ औं बार्षिकोत्सव रहेको छ ।  उक्त बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले ६ महिना अवधिमा सो नाफा कमाएको हो ।

एनआईडिसी डेभलपमेन्ट बैंक प्राप्तीपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख पुगेको छ । यस अवधिमा बैंकले एक खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । ट्रेजरी विल्स् र अन्य लगानीमा बैंकले ४५ अर्ब रुपैयाँ प्रवाह गरेको छ । यस बैंकले २५३ भुकम्प पीडितहरुलाई ४२ करोड १५ लाख प्रवाह गरेको छ । सरकारी स्वामित्वको यस बैंकको आधार दर ६.३३ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७३.६२ प्रतिशत मात्र रहेको छ । कूल ग्राहक संख्या ३० लाख रहेको बैंकका ७ लाख ५० हजार मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र चार लाख ९१ हजार डेबिट कार्ड होल्डर रहेका छन् ।

बैंकले ’क्लिन आरबिबि, स्मार्ट आरबिबि’ भन्ने नाराका साथ बैंकले चालू आवमा २० शाखालाई स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । साथै बैंकले चालू आवमा देशका ११ स्थानमा आफ्नै भवन निमार्ण गर्ने समेत बताएको छ । ५४ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले माघ १० गतेदेखि नक्साल, पुल्चोक र हेटौंडा शाखालाइ स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याएको छ भने जजरकोट, रूकुम, मुस्ताङ गरि तीन शाखा विस्तार समेत गरेको छ । 

बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लामा कूल २१७ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालू आवमा २३ नयाँ शाखा २५ शाखा रहित बैंकिङ्ग र ३५ एटीएम थप गर्ने बैंकको योजना छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।