logo

आँधिखोला लघुवित्तद्वारा निष्काशित प्राथमिक शेयर आजदेखि बन्द हुने

    981   पटक पढिएको

२५ असार / अर्थ र व्यापार - आँधिखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आजदेखि बन्द हुने भएको छ । आँधिखोला लघुवित्तले सर्वसाधारणतर्फ निष्काशन गरेको तीन दिनमै ११ गुणाभन्दा बढीको आवेदन परेको छ । मंगलबारसम्ममा दुई लाख ६४ हजार भन्दा धेरै आवेदकले ४६ लाख ३८ हजार कित्ताको लागि आवदेन दिएका छन् । 

संस्थाले सर्वसाधारण तर्फको चार लाख कित्तामध्ये तीन लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सक्ने छन् । 

प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ । जसमा संस्थापकतर्फ ६० प्रतिशत अर्थात छ करोड रुपैयाँ र सर्वसाधारण तर्फ ४० प्रतिशत अर्थात चार करोड रुपैयाँ कायम हुनेछ । केन्द्रीय कार्यालय स्याङ्जा रहेको संस्थाको कार्यक्षेत्र १० वटा जिल्लामा रहेको छ । हाल १९ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । हाल संस्थाको कायम चुक्ता पूँजीका आधारमा प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ । आगामी तीन आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ३७ रुपैयाँ पुग्ने संस्थाको प्रक्षेपण छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।