logo

६ संस्थाको हकप्रद असारमा खुल्ने

    1394   पटक पढिएको

२० असार / अर्थ र व्यापार – असारको बाँकी दुई सातामा ६ संस्थाले हकप्रद सेयर जारी गर्दैछन् । असार २५ गते आइतवार अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातामा र रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाले २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । अल्पाइनको बिक्री प्रबन्धक एनएमबी क्यापिटल र रिलायबलको सिभिल क्यापिटल रहेको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सले असार २८ गतेबाट १ बराबर १.६६६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका असार ३० गतेबाट हकप्रद बिक्री खुला हुने भएको छ । लुम्बिनीले १ बराबर १ अनुपातमा, सप्तकोशीले १ बराबर १.३ अनुपातमा र कञ्चनले १० बराबर ३ अनुपातमा हकप्रद सेयर जारी गर्नेछन् । लुम्बिनीको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल, सप्तकोशीको एनएमबी क्यापिटल र कञ्चनको ग्लोबल आइएमइ क्यापिटल बिक्री प्रबन्धकमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।