logo

सिटिजन्स बैंकको नाफा घट्यो

    427   पटक पढिएको


२५ साउन/अर्थ र व्यापार – सिटिजन्स बैंकको नाफामा सामान्य कमी आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशत घटेको हो ।
अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा खुद नाफा १ अर्ब ३२ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब २९ करोड छ । बैंकको नाफा घट्नुको कारण कर्जा नोक्सानी व्यवस्थापन रकम (लोन लस प्रोभिजन) बढ्नु हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७२ करोड रहेकोमा गत आर्थिक वर्ष २ अर्ब ६७ करोड छ ।
बैंकको खुद ब्याज आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब ७२ करोड रहेकोमा गत आर्थिक वर्षमा ६ अर्ब ३६ करोड रुपैयाँ छ । नाफा घट्दा प्रतिसेयर आम्दानी सामान्य घटेको छ ।
वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २५ पैसा हो । गत साता बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २२४ रुपैयाँ ८० पैसा छ ।
कुल कर्जामा निष्क्रिय कर्जा पनि बढेको छ । यस्तो कर्जा गत असार मसान्तसम्म ४.९४ प्रतिशत रहेको छ । पहिले ४ दशमलब १० प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।