logo

माछापुछ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

    75   पटक पढिएको


१२ वैशाख/अर्थ र व्यापार – माछापुछ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग सम्झौता गरेको छ । माछापुछ्रे बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यकासाथ अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरेको जनाएको छ । सम्झौता लगत्तै रेमिटेन्स सेवा शुरुवात समेत भइसकेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र मुजैनि एक्चेन्ज का महाप्रवन्धक ह्यु फर्नान्डिसबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनीक गरेको छ । बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले रचना गरेको कभर गीत बैंकका सञ्चालक समितिका अध्यक्ष रोशन केसी एंव कुवेतस्थित नेपाली राजदुतावासका लागि कार्यबाहक राजदुत सुजनी राणाले संयुक्तरुपमा सार्वजनीक गरेका थिए ।

बैंकले कुवेतमा सो सेवा सुरुवात गरेपछि अब कुवेतमा रहेका नेपालीहरुले कुवेतस्थित अल मुजैनी एक्सचेन्जका १ सय ४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग बैंकका १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । यसैगरी, बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको सो बैंकले जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्वदेखि पश्चिमका हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १ सय ६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २ सय ७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २ सय ४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।