logo

सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत आयोजना बन्दै

    406   पटक पढिएको


२० पुस/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत परियोजना निर्माण हुने भएको छ । प्रदेश नं. १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गाविस (हालको सुर्योदय नगरपालिका र रोड गाँउपालिका) मा
निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी लि प्रवद्र्धक रहेको १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनी र बैंकबीच विहिबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौतामा बैंकका प्रमुख कन्सर्सोटियम इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोशराज नेपालले हस्ताक्षर गरेका हुन् । परियोजनाको अनुमानित लागत करीब १ अर्ब ७३ करोड रुपैयाँ (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५/२५ को ऋण स्वपूँजी अनुपातमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछ ।

निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवर्द्धकहरुवाट स्वपूँजी जुटाइने छ। सो आयोजनाले आगामी साढे २ वर्ष भित्र निर्माण सम्पन्न गरी बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र वर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।