logo

कामना सेवा विकास बैंकको कामु सिईओमा दाहाल

    603   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – कामना सेवा विकास बैंकको कामु सिईओमा विनय दाहाल नियुक्त भएका छन । सो बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण बस्नेतलाई हटाएपछि कामु सिइओको जिम्मेवारी दाहाललाई दिएको छ ।
यसअघि नवनियुक्त कामु सिईओ दाहाल सो बैंकको डेपुटी सिईओ थिए । अहिले यस बैंकका सिइओ बस्नेत तथा अन्य कर्मचारीहरूले विभिन्न संस्था तथा व्यक्तिलाई ३१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अपचलन गरेको पाइएपछि दमक प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ पुर्जी जारी गरेको थियो ।
बैंकले तत्कालीन सिईओ बस्नेतले झापामा नक्कली ऋणी खडा गरी कर्जा दिएको पाइएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरेको थियो । त्यसपछि थप कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गरेको थियो। बस्नेत लगायत ऋण लगानीमा संलग्न कर्मचारीविरूद्ध दमक प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ।
बस्नेतले विभिन्न संस्था तथा व्यक्तिलाई कर्जा प्रवाह गर्दा ३१ करोडभन्दा बढी रकम अपचलन गरेको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएपछि उनी सम्पर्कविहीन छन् । यस्तै बैंकका अन्य कर्मचारीसँग सिआइबीले बयान लिइरहेको छ ।

केन्द्रीय बैंकले गरेको अनुसन्धानले सम्पत्ति मूल्यांकनकर्ता र बैंकका तत्कालीन सिइओ बस्नेत तथा अन्य कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी ऋण अपचलन गरेको देखिएको थियो।

यही क्रममा प्रहरीले बस्नेतसहित ११ जनाको नाममा पक्राउ पूर्जी जारी गरेको छ। बस्नेत पक्राउ पर्नुअघि नै बैंकले उनलाई सिइओबाट हटाइ दाहाललाई कामु सिइओ नियुक्त गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।