logo

वस्तु आयात गर्दा नगद मार्जिन राख्न नपर्ने

    478   पटक पढिएको


८ माघ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिदिएको छ । यो व्यवस्थापछि व्यवसायीले विदेशबाट वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्न नपर्ने भएको छ ।
एकपरिपत्र जारी गर्दै राष्ट्र बैंकले हालसम्म लिँदै आएको नगद मार्जिनको व्यवस्था खारेज गरेको हो । गतवर्ष पुस ५ र माघ २६ मा परिपत्र जारी गर्दै राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा ५० देखि १ सय प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
उच्च वस्तु आयातका कारण व्यापारघाटामा ठूलो असर परेको भन्दै आयातमा गरिएको कडाइले केही हदसम्म आयात घटेको थियो ।
राष्ट्र बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र (एलसी) मा ५० देखि सतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्र बैंकले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुईपटक गरेर ४८ समूहका हार्मोनी कोडका हजारौं प्रकारका वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो । गत महिना केन्द्रीय बैंकको निर्माण सामग्रीको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको थियो ।
राष्ट्र बैंकले लागू गरेको सो व्यवस्थाको पछिल्लो समय निजी क्षेत्रले विरोध गर्दै आएका थिए । विश्व व्यपार संगठनको सदस्य मुलुक नेपालले लिएको आयात कडाइको नीतिप्रति अन्तर्राष्ट्रिय मुद्राकोषले पनि चासो व्यक्त गरेको थियो ।
विदेशी मुद्राको सञ्चिति सुधारोन्मुख देखिएपछि आयातमा गरिएको कडाइ खेल्ने संकेत केन्द्रीय बैंकले यसअघि नै गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।