logo

एनएमबी बैंकले एनएमबी बजार आयोजना गर्ने

    1252   पटक पढिएको

६ असोज/अर्थ र व्यापार – एनएमबी बैंकले नेपाली बैंकिङ जगत्मै पहिलोपटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुनेगरी प्लास्टिकरहित बजारको आयोजना गर्न लागेको छ । एनएमबी बैंकले नेपालीको महान् चाड दसैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ ।
जसमा ६० भन्दा बढी स्टलहरू राख्ने जानकारी गराएको छ । एनएमबी बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्री एकै स्थानमा उपलब्ध हुनेगरी बजार आयोजना गर्न लागेको हो । बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्यान्डिक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्यूआर÷पोसमार्फत सहुलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । एनएमबी बैंकले शनिबारको दिन सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने उक्त बजारमा आमन्त्रण समेत गरेको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’बाट सम्मानित भइसकेको छ ।
एनएमबी बैंकले हाल देशभर २ सय १ शाखा, १ सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।