logo

बेबी ट्री र सिभिल बैंकबीच सम्झौता, सामान खरिद गरे १५ प्रतिशत छुट

    643   पटक पढिएको

१२ भदौ/अर्थ र व्यापार – बेबी ट्री र सिभिल बैंकबीच छुट गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार सिभिल बैंकका ग्राहक तथा कर्मचारीहरुले बेबी ट्रीमार्फत सामान खरिद गरेमा १५ प्रतिशत छुट पाउनेछन् ।
बेबी ट्रीको तर्फबाट प्रबन्द निर्देशक निरज कमाचार्य र सिभिल बैंकको तर्फबाट शाखा प्रबन्धक प्रदिप हमालले सम्झौतामा हस्ताक्षर गरेका छन् । बेबी ट्री बालबच्चासँग सम्बन्धित उत्पादनहरु बिक्री गर्ने इ–कमर्स प्लेटफर्म हो ।
यसले कुलेश्वर र झम्सिखेल आउटलेबाट पनि उत्पादनहरु बिक्री गर्दै आएको छ भने मोबाइल एप्लिकेसन पनि सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी गराएको छ ।
एउटै थलोमा बच्चाहरुका लागि आवश्यक सबै गुणस्तरीय सामान सुपथ मूल्यमा पाइने भएकाले सर्वसाधारणले यसबाट लाभ लिन सक्ने कम्पनीको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।