logo

कोभिड प्रभावित गरिब देशको आर्थिक विकासकालागि विश्व बैंकको ९३ अर्ब डलरको राहत प्याकेज ,यस्तो राहत नेपाललाई पनि

    1269   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– विश्व बैंक अन्तरगतको अन्तर्राष्ट्रिय विकास संघले कोभिड–१९ महामारीग्रस्त विश्वका गरिब राष्ट्रहरूको हरित, उत्थानशील र समावेशी विकासकालागि ९३ अर्ब अमेरिकी डलरको प्याकेज घोषणा गरेको छ ।
कोभिड–१९ महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्न यस्तो सहयोग घोषणा गरिएको हो । जसमध्ये २३.५ अर्ब अमेरिकी डलर विश्वका ४८ उच्च र मध्यम आय भएका देशहरूले प्रतिवद्धता गरेका हुन भने बाँकी पुँजी पुँजीबजार, साँवा भुक्तानी र विश्व बैंकको आफ्नै तर्फबाट योगदान हुने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासले बताए ।

यो प्याकेज दोस्रो विश्वयुद्धपछिको पुर्ननिर्माणका लागि घोषणा गरिएको प्याकेज जस्तै हो । विश्व बैंकले दोस्रो विश्वयुद्धपछि पुर्ननिर्माणका लागि यस्तै ठूलो प्याकेज ल्याएको थियो । नयाँ प्याकेजमा जापानले प्रतिवद्धता जनाइसकेको छ । 
अन्तर्राष्ट्रिय विकास संघको ६१ वर्षे इतिहासमा जापान सबैभन्दा ठूलो योगदानकर्ता हो । संघको स्रोत परिचालनको अद्वितिय मोडल अनुसार दातृ सहयोग १ डलरलाई उसले लेभरेजिङ्ग (अतिरिक्त स्रोत परिचालन) मार्फत ४ डलर बनाउँछ ।
विश्व बैंकका अध्यक्ष माल्पसले साझेदार देशहरूको उदार सहयोगले विकासका चुनौती सम्बोधन गर्दै करोडौं मानिसहरूको जनजीवन सुधार गर्न सकिने बताएका छन् । यो सहयोग नेपालसहित विश्वका ७४ देशले प्राप्त गर्नेछन् । खासगरी राजस्व परिचालन कमजोर भएका, ऋणको जोखिम उच्च रहेका, कमजोर र शिथिल साथै द्वन्द्वग्रस्त वा द्वन्द्वबाट बाहिर आएका, अस्थिरता धेरै भएका र साक्षरता कम भएका देशहरूले प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रिय विकास संघको यो सहायता मानव पुँजीमा लगानी, शिक्षा, स्वास्थ्य, पोषण, खोप, सामाजिक सुरक्षा र कमजोर मानिसहरूको सहयोगका लागि परिचालन गरिने बताइएको छ । संघको प्राथमिकतामा लैंगिक विषमता, रोजगारी सिर्जना, कमजोर अवस्था, द्वन्द्व र हिंसाको अन्त्य चाहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।