logo

हिमालयन र इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि पुनः मागे समय

    913   पटक पढिएको

२० मंसिर /अर्थ र व्यापार – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरका लागि थप समय माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष पत्र पठाएका छन् ।
राष्ट्र बैंकले निर्धारण गरेको समयमा मर्जर प्रक्रिया पूरा गर्न नसकेपछि संयुक्त मर्जर समितिले पुनः म्याद थपका लागि राष्ट्र बैंकसँग आग्रह गरेको हो । ३० वैशाखमा यी दुई बैंकले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार शुरु गर्न राष्ट्र बैंकबाट अनुमति पाएका यी दुवै बैंकले तोकिएको समयमा मर्जर प्रक्रिया पूरा गर्न सकेनन् । त्यसपछि पुनः तीन महिनाका लागि राष्ट्र बैंकले समय थप गरेको थियो । थपिएको समयमा पनि मर्जर सम्पन्न हुन नसकेको भन्दै संयुक्त मर्जर समितिले राष्ट्र बैंकलाई पुनः समय थप गरिदिन पत्र लेखेको हो ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले समय सकिनु एकदिन अगाडि आइतबार संयुक्त मर्जर समितिले राष्ट्र बैंकमा समय थप गर्न आग्रह गर्दै पत्राचार गरेको बताए ।
तोकिएको समयमा मर्जर हुन नसके स्पष्ट कारण खुलाइ राष्ट्र बैंकसँग अनुरोध गर्नुपर्छ । बैंकले खुलाएका कारण उचित लागेमा राष्ट्र बैंकले कारण अनुसारको समय थप गर्ने गरेको छ । ‘समय थप गरिदिन आग्रह गर्दै पत्र आइपुगेको छ, तर समय थप्ने वा नथप्ने, समय थपे कति समय थप्ने भन्ने विषयमा अब पत्र अध्ययन गरेर निर्णय हुन्छ’ उनले भने । यी दुई बैंकहरुबीच मर्जर हुन समय लाग्नुका पछाडि भने धेरै कारणहरु छन् । मर्जरको तयारी भइरहेका बेला हिमालयन बैंकको नेतृत्व नै परिवर्तन भएको थियो । बैंक स्रोतका अनुसार दुई बैंकहरुबीच अहिले मर्जर भाडिने खतरा बढेको छ । मर्जर सम्झौता गरिसकेपछि भाँडिने खतरा बढ्नुको महत्वपूर्ण कारण भने सरकार परिवर्तन हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनपछि अहिले हिमालयन बैंकका अध्यक्ष फेरिएका थिए । कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै तत्कालिन प्रशासक तुलसी गौतम बैंकको अध्यक्ष थिए । मर्जर सम्झौतामा गौतमले नै हस्ताक्षर गरेका हुन् । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि गौतम कर्मचारी सञ्चय कोषको प्रशासकबाट हटाइए ।
गौतमलाई सरकारले कोषको प्रशासकबाट हटायो, लगत्तै हिमालयन बैंकका सञ्चालकहरुले पनि गौतमलाई बैंक सञ्चालक समिति अध्यक्षबाट हटाएर प्रचण्डबहादुर श्रेष्ठलाई चयन ग¥यो । त्यसपछि भने मर्जर भाँडिने खतरा बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।