logo

व्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कडाई , १० प्रतिशतभन्दा बढाउन नपाइने

    1083   पटक पढिएको

३ कात्तिक / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणकालागि कडाई गरेको छ । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) मिलाउनकालागि अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि राष्ट्र बैंकले काडाई गरि यस्तो हस्तक्षेप गरेको हो । 
राष्ट्र बैंकले मंगलबार राति बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था गरिएको जानकारी गराएको छ । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था कात्तिक महिनादेखि नै लागू हुनेछ ।
‘बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने व्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित व्याजदरमा १० प्रतिशतका दरले मात्र परिर्वत गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । यसैगरि, संस्थागत मुद्दती निक्षेप (बोलकबोल समेत) मा प्रदान गरिने अधिकतम व्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम व्याजदरभन्दा कम्तिमा १ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 
हिमालयन बैंकले कात्तिक महिनाकालागि प्रकाशित गरेको व्याजदरमा सर्वसाधारणलाई साढे १० प्रतिशत र संस्थागत निक्षेपकर्तालाई (बोलकबोलमा) ११.६७ प्रतिशतका दरले व्याज दिने सुचना प्रकाशित गरेकोे थियो ।
कात्तिक महिनाको लागि बैंकहरुले प्रकाशित गरेको व्याजदर असोज महिनाको भन्दा ३० प्रतिशतसम्मले बढाएका थिए । बैंकहरुले यसरी व्याज बढाएपछि राष्ट्र बैंकले कडा हस्तक्षेप गरेको हो । बैंकहरुले कात्तिक महिनाकालागि प्रकाशित गरेको व्याजदर राष्ट्र बैंकले गरेको १० प्रतिशतको सीमामा कायम गरी ३ कात्तिकभित्र आफ्नो वेबसाइटमा प्रकाशित गर्नुपर्ने र यसरी संसोधन गरिएको नयाँ व्याजदर ५ कात्तिकभित्रमा दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।