logo

आशा लघुवित्तका सेयरधनीले २५ प्रतिशत बोनस पाउने

    1162   पटक पढिएको

१८ असोज / अर्थ र व्यापार –  आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७ / ७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसैगरि, आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि प्रस्ताव गरेको छ । यससँगै, सो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले कूल २६.३१५७ प्रतिशत लाभांश पाउने छन् ।
हाल संस्थाको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित २६.३१५७ प्रतिशत लाभांश गत दुई वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७५ / ७६ र आव २०७६/ ७७ को नाफाबाट सेयरधनीलाई क्रमशः १२.६३ प्रतिशत र १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।