logo

जेविल्स फाइनान्सको शतप्रतिशत हकप्रद स्वीकृत

    1047   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनका लागि स्वीकृति पाउने दोस्रो कम्पनी जेविल्स फाइनान्स बनेको छ । फाइनान्सलाई बोर्डले शतप्रतिशत हकप्रद निष्काशनका लागि अनुमति दिएको हो । हाल फाइनान्सको चुक्ता पूँजी २८ करोड ८९ लाख ५६ हजार २५० रुपैंया रहेको छ । बोर्डले हाल कायम पूँजी बराबरको २८ लाख ८९ हजार ५६२.५० कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो ।

हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैंया पुग्नेछ । कमाईबाट पूँजी बढाउन नसक्ने भए पछि फाइनान्सले केही फेरी हकप्रद माथि हकप्रदको निर्णय गरेको छ । केही समय अघि शतप्रतिशत हकप्रद पश्चात कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद प्रस्ताव विशेष साधारण सभाबाट पारित गराएको छ ।

४० प्रतिशत हकप्रद समेत निष्काशन गरे पछि फाइनान्सको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार रुपैंया पुग्नेछ । कमाईबाट लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्था नदेखिएकाले हकप्रदमा उचालिनु अघि सबै पक्ष केलाउनु लगानीकर्ताका लागि राम्रो हुन सक्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।