logo

विद्युतीय गाडी संचालनको लागि बागमतीमा चार्जिङ स्टेसनको कार्यविधि तयार, निजी क्षेत्रसँग मिलेर निर्माण गरिने

    396   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – बागमती प्रदेश सरकारले विद्युतीय गाडी संचालनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माणको कार्यविधि तयार पारेको छ। प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार निजी क्षेत्रसँग मिलेर चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले बताए।
निरौलाका अनुसार कार्यविधि तयार भएर प्रदेशको अर्थमन्त्रालयमा स्वीकृतिको लागि पठाइएको छ। कार्यविधि अनुसार निजी क्षेत्रले चार्जिङ स्टेसनको लागि आवश्यक रिफ्रेसमेन्ट सेन्टरसहितको संरचना निर्माण गर्ने र चार्जिङ स्टेसनको लागि आवश्यक पर्ने ट्रान्सफरमर र मेसिनको व्यवस्था गर्नेछ। यसमा वेटिङ रुमदेखि लिएर सानो रिफ्रेसमेन्ट हाउस, रेष्टुरेन्ट, बाथरुम लगायत समावेश हुनुपर्नेछ।
स्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले २०० केभीए क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउनेछ। त्यसका लागि बागमती प्रदेशले प्राधिकरणसँग ट्रान्सफर्मर उपलब्ध गराउन पहल गर्ने निरौलाले बताए।
‘यसमा निजी क्षेत्र आफैले जग्गा उपलब्ध गराउन पर्नेछ। नीजि आफ्नैले पनि गर्ने सक्नेछ भने स्थानीय तहसँग लिजमा लिएर पनि संरचना निर्माण गर्न सक्नेछन्,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको प्रेदश अन्तर्गतको सहरहरुमा इभीलाई प्रमोट गर्नेु हो।’
यसैगरी, सो संरचनामा व्यवसायिक हिसाबले ‘लोकल प्रडक्ट’हरु पनि बिक्री गर्न सकिने गरि व्यवस्था हुनुपर्नेछ। ग्रामीण क्षेत्रको उत्पादनलाई बजारिकरण गर्ने र रोजगारीसँग पनि जोडियोस् भनेर यो व्यवस्था गरिएको निरौला बताउँछन्।
उनका अनुसार १० वर्षसम्म प्रदेश सरकार र निजी क्षेत्र मिलेर स्टेसन सञ्चालन गर्ने र १० वर्षपछि निजीको स्वतः हुने गरि कार्यविधि तयार पारिएको छ। यसबिचमा प्रदेशले निरन्तर अनुगमन र त्यसको संरक्षण गर्ने काम गर्ने निरौला बताउँछन्।
बागमती प्रदेशको मुख्य सहर र राजमार्गको जंक्सनमा १५ वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको छ। यसका लागि प्रदेश सरकारसँग ४ करोड रुपैयाँ बजेट रहेको निरौलाले बताए। अर्थबाट स्वीकृति भएर आएपछि प्रस्ताव आह्वान गर्ने योजना रहेको उनको भनाइ छ।
उनले प्रस्ताव आएपछि सम्भाव्यता अध्ययन गरेर रिफ्रेसमेन्ट स्टेसनसहितको १५ वटा चार्जिङ स्टेसन निर्माण हुन्छ। चार्जिङ स्टेसनको शुल्कको विषयमा भने बजार मूल्य र विद्युत प्राधिकरणले तोकेको महसुलमा आधारित तय हुने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।