logo

ठमेलमा गाईपालन गरिरहेका वाबु–छोरा

   

१८ जेठ÷ अर्थ र व्यापार- काठमाडौं ठमेल भन्ने वित्तिकै कि त हामी पर्यटकहरुको गन्तव्य भनेर बुझ्छौं कि त आधा रात सम्म खुल्ने सहर भनेर । अझैपनि कतिपय काठमाडौंबासी यस्ता छन जो ठमेल भनेको हाम्रो लागी हैन भनेर बुझ्छन । ठमेलमा महँगा होटल र रेष्टुरेण्टहरु मात्र छैनन, त्यहि ठमेलमा गाईपालन पनि गरिरहेका मानिस छन भन्दा पत्यार नलाग्न सक्छ,तर रविन्द्र र ईन्द्र महर्जन भने त्यहि ठमेलमा गाईपालन गरेर बसरहेका छन ।


यता नर्सरी वाट पनि राम्रो आम्दानी गरिरह्को इन्द्रले वताए । कुमारी नर्सरी सञ्चालन गरिरहेका उनीहरुको नर्सरीमा विभिन्न किसिमका फलफूका वेर्ना, फूल , माटो, मल ,विउ ,गमला आदि पाइन्छ । .वजारको कूनै समसया नरहेको र उपभोक्ता सिधै लिन आउने उनीहरु वताउँछन । गाईपालन र नर्सरीको लागि घरका छोडेर अन्य आठ जनाले रोजगार पाएका छन् । नेपालमा केहि गर्न सकिदैन र केहि छैन भन्ने युवाको लागि चाहे नेपालमा नै गर्न सकिन्छ भन्ने राम्रा उदाहरण हुन महर्जन दाजुभाई । आजसम्म यि वाबु–छोरा आफ्नो काम र कमाईवाट खुशी नै छन । 
प्रस्तुती : भुपेन्द्र जि.सी