logo

जीपमा सरर मुक्तिनाथ....

शब्द/तस्विर : प्रदीप पण्डित

   

२६ असार/अर्थ र व्यापार-के तपाईं मुक्तिनाथको दर्शन गर्न वा घुम्न मुक्तिनाथ जानुभएको छ ? छैन भने विदा मनाउन वा घुम्न एकपटक जानै पर्ने ठाउँ हो–हिन्दुहरुको पवित्र धार्मिक स्थल मुक्तिनाथ ।


मुक्तिनाथ जान उडानमा पोखरावाट जोमसोम हुँदै कागवेनी पार गरेर मुक्तिनाथ पुग्न सकिन्छ भने साथिभाईको समुहमा विदा मनाउन जाने हो भने जीपवाट मुक्तिनाथ यात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ ।

जीपमा जाने हो भने पोखरावाट मुक्तिनाथ पुग्न करिव बाह्र घण्टाको समय लाग्छ । जीप स्टेशन वाट आधा घण्टाको समयमा मुक्तिनाथ मन्दिर पुग्न सकिन्छ । त्यसबाहेक कम खर्चमा जाने हो भने पनि लोकल गाडीको सहायता पनि लिन सकिन्छ ।

न्युनतम तीन दिनको प्याकेज मुक्तिनाथ यात्राका लागी उचित हुन्छ । परिवार संगै जानुभयो भने पनि दोहोरो फाईदा हुन्छ । एकातिर मुक्तिनाथको दर्शन,अर्कोतिर रोमाञ्चक यात्रा ।